खरिदार वा त्यो सरहका कर्मचारीको सरुवा/पदस्थापन आउँदो फागुन मसान्तसम्म स्थगन

 मंसिर १३, २०८० बुधबार ८:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  राजपत्र  अनङ्कित  द्वितीय  श्रेणी, खरिदार वा त्यो सरहका कर्मचारीको सरुवा/पदस्थापन आउँदो फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई परिपत्र गरी आउँदो फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी गराएको छ । साथै परिपत्र कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार लामो समयदेखि  सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम ठाउँका कार्यालयमा सरुवा भएर जाने क्रम देखिएको भन्दै मन्त्रालयले फागुन मसान्तसम्म खरिदारको सरुवा स्थगन गरेको हो । 

बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा त्यो सरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिरहेका बढुवामा मर्का पर्ने भएकाले  मन्त्रालयले सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य स्थगित गरेको जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया