इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

 मंसिर १३, २०८० बुधबार ९:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति रिहा गर्ने भएका छन् । हमासले प्रतिदिन कम्तिमा १० इजरायली बन्धकलाई मुक्त गर्नेक्रमलाई निरन्तरता दिएमा युद्धविराम लम्बिन सक्ने इजरायलले जनाएको छ ।

इजरायल र हमासबीचको ४ दिने अस्थायी युद्धविराम सकिएलगत्तै हिजो र आज गरी ४८ घण्टा थपिएको थियो । पाँचौँ दिन अर्थात् गएराति पनि इजरायल र हमासले केहीलाई रिहा गरेका छन् । हमासले १२ जना बन्धकलाई रिहा गरेको छ । योसँगै गएको शुक्रवारदेखि शुरु भएको युद्धविराममा हमासबाट रिहा हुनेको संख्या ८१ पुगेको छ । यसमा विदेशी नागरिक समेत रहेका छन् । लगत्तै गएराति नै इजरायलले ३० जना प्यालेस्टिनी बन्धकलाई रिहा गरेको रोयर्टसले जनाएको छ ।

युद्धविरामका क्रममा रिहा भएका प्यालेस्टिनीको कुल संख्या एक सय ८० जना पुगेको छ । हमास समूहले बन्धकहरू छाडिरहेको भए पनि उसको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन हमास समूहसँग सिधा सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहलका लागि निरन्तर प्रयास भैरहेको बताउँदै आउनुभएको छ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया