रुस–युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक

 मंसिर १३, २०८० बुधबार ९:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – रुस युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो । रुसी सेनालाई हवाला दिँदै नेपाली दूतावासले स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तानको ज्यान गएको जनाएको छ ।

नेपाली दूतावासले रुसी सेनामा कार्यरत उनीहरुको ज्यान कुन अवस्थामा गएको भन्ने जानकारी भने उल्लेख गरेको छैन । दूतावासले ज्यान गुमाएकाका परिवारलाई घटना बारे जानकारी दिन र शवको व्यवस्थापनका लागि सहजिकरण गरिदिन नेपालमा रहेको कन्सुलर सेवा विभागलाई अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले घटनाको बारेमा जानकारी लिने प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । रुस युक्रेनबीच २०७८ साल फागुन १२ गतेदेखि युद्ध चलिरहेको छ । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने झण्डै १० हजार मानिसको ज्यान गएको छ । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया