स्राेत नखुलेकाे ८ लाख रुपैयाँसहित सिरहामा एक जना पक्राउ

 मंसिर १७, २०८० आइतबार १३:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्राेत नखुलेकाे ८ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाकाे बरियापट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षीय महाेमद फिराेज रहेका छन् । 

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले बरियापट्टी–३ चमार टाेल सीमा इलाकाबाट शनिवार पक्राउ गरेकाे हाे । गस्तीमा खटिएकाे सशस्त्र प्रहरीकाे टाेलीले उनकाे साथबाट १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।

पक्राउ परेका फिराेजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मार्डरमा बुझाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया