कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय तोकियो

 मंसिर १७, २०८० आइतबार १४:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरूलाई आज आइतवार मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

विनाविभागीय मन्त्री नेपाली कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

मुख्यमन्त्री कार्कीसँगै राई असोज २७ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुनुभएको थियो भने उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त हुनुभएको थियो । असोज २७ गते नै मन्त्रीमा नियुक्त हुनुभएका नेकपा एमालेका राम रानाले भने राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसक्नुभएका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिनुभएको हो । अब सभामुखको चुनाव भएपछि मात्रै मन्त्रिमण्डल विस्तार तथा पूर्णता दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशी प्रदेशमा सभामुख पद रिक्त छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया