ओलीकाे दाबी : ‘एमालेको सरकार हटेपछि राष्ट्रियता कमजोर भयो’

 मंसिर १७, २०८० आइतबार २०:२६:५० | अमर सुनार
unn.prixa.net

दैलेख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएपछि देशको राष्ट्रियता र देशको स्वाधीनता कमजोर भएको दाबी गर्नुभएकाे छ ।

मध्यपहाडी राजमार्ग यात्रासँगै एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा दैलेखको राकम कर्णालीमा आयोजित आमसभामा अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो । एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिकरूपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, भूमि फिर्ता आउँदैन, झन् मिचिने सम्भावना हुन्छ । आउँदाे चार वर्षपछि एमालेको एकल बहुमतको सरकार बन्ने ओलीले दाबी गर्नुभयाे ।

अध्यक्ष ओलीले राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा अनुसार काम भइरहेको बताउनुभयाे । मध्यपहाडी राजमार्ग खुलेपछि पहाडी र दुर्गम गाउँ सुगम बन्दै गएको उहाँकाे भनाइ छ ।

ओलीले भाेलि सोमवार मध्यपहाडी राजमार्ग छोडेर गुराँस गाउँपालिकाको भवन उद्घाटन गर्ने र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने जनसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया