चितवनमा दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

 मंसिर १९, २०८० मंगलबार ८:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका छन् । चितवनको भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् । पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एसाेसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवम् संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ । चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा होर्डिङ बोर्ड राखिएको छ । बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताउनुभयो ।

चरा संरक्षणका लागि वडा नम्बर २६ ले आर्थिक सहयोग गरेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताउनुभयो । चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतान जगाउन आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताउनुभयो । साइबेरिया, काजकिस्तान, मङगोलिया, तिब्बतजस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेका छन् । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन्  । यसमा ४२ प्रजातिका दुर्लभ चरा चितवनमा छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया