एमाले अध्यक्ष ओलीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन : गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड

 मंसिर १९, २०८० मंगलबार १०:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा आज बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवम् अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी तत्काल सम्पन्न गनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने जोखिम भएकाले यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको झण्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउने तथा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने यो आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष २०७१/७२ देखि निर्माणकार्य सुरु भएको आयोजनाको काम गएको आर्थिक वर्षमै सकिनुपर्ने थियो । तर, भूकम्प, कोरोना महामारीलाई कारण देखाएर आयोजनाको निर्माणमा ढिलाइ हुँदै आएको छ । भेरी बबई डाइभर्सनको अहिलेसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया