तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता

 मंसिर १९, २०८० मंगलबार ११:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताउनुभएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया