नेताहरूले देशको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

 मंसिर १९, २०८० मंगलबार १३:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको सङ्घर्ष गरेका नेताहरूले देशको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उहाँकाे भनाइ थियाे ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित बाल क्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई देशको सुशासन र समृद्धिका लागि सङ्घर्ष गर्न पनि आग्रह गर्नुभयो । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उहाँले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तनमा राजनीतिक दलका नेताहरूकाे महत्त्वपूर्ण योगदान रह्यो तर समृद्धिका लागि राम्रो काम गर्न सकिएन । अब समृद्धिको खाका हामीसँग छ भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍याे । अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अस्ट्रेलिया, जापान, चीनमा गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर स्वदेशमा प्रयाेग गर्ने हाे । विदेशमा सिकेर देश निर्माण गर्न लाग्नुपर्‍याे । ’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया