नेपाली युवालाई रूसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

 मंसिर २०, २०८० बुधबार १७:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरकानुनी रूपमा नेपाली युवालाई रूसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूस–युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

उनीहरूमध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र ईश्वरी अधिकारी प्रमुख व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले १८ जना पठाएको र ११ जनालाई पठाउने क्रममा रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।

एसएसपी खत्रीका अनुसार विश्वकर्मा पूर्व सैनिक हुन् । सुजाता दाहालले कन्सल्टेन्सी खोलेरै युवालाई रूस पठाउने गरेकी र उनको समूहमा पाँच जना रहेको प्रहरीले जनाएको छ । रूसी सेनामा पूर्व सुरक्षाकर्मीको माग धेरै रहेको र कतिपय सुरक्षाकर्मी समेत जागिर छाडेर जाने तयारीमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा खत्रीले यो शुरुवात भएको र रुस पठाउनेको सङ्ख्या ठूलो हुन सक्ने बताउनुभयो । प्रहरीले सुजाता दाहालको कार्यालयबाट रुस पठाउने भनेर विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको १४ लाख १८ हजार पाँच सय रुपैयाँ र २७ जनाको राहदानी बरामद गरेको छ । यस्तै ईश्वरी अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ र १६ जनाको राहदानी पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया