काठमाण्डौ महानगरपालिकामा प्लास्टिकका ‘क्रिसमस ट्रि’ राख्न निषेध

 मंसिर २२, २०८० शुक्रबार १७:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रमा प्लास्टिकका ‘क्रिसमस ट्रि’ राख्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका ‘क्रिसमस ट्रि’ महानगर प्रहरी बलले हटाउँदै उपत्यकाका सुपरमार्केटहरुमा प्लास्टिकका ‘क्रिसमस ट्रि’ नराख्न आग्रह गरेको छ।

पसलहरुमा ‘क्रिसमस’को अवसर पारेर केहीवर्षदेखि ‘क्रिसमस ट्रि’ राखेर सजाउने गरेको देख्न सकिन्छ । यो तिहारको बेला प्लाष्टिकको मालामा प्रतिबन्ध लगाएको महानगरले ‘क्रिसमस’मा पनि ‘क्रिसमस ट्रि’ राख्न रोक लगाएको हो ।

प्लास्टिकका ‘क्रिसमस ट्रि’का कारण वातावरण प्रदूषण हुने भन्दै महानगरपालिकाले निषेध गरेको जानकारी दिएको छ । हरेक वर्ष २५ डिसेम्बरमा ‘क्रिसमस’ मनाइन्छ । यो वर्ष ‘क्रिसमस’ यही पुस ९ गते परेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया