१९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

 मंसिर २२, २०८० शुक्रबार १७:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका आजन आविस ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५० रनमा आउट भए । मोहम्मद जिशान २० रनमा अविजित रहे । नेपालका गुलशन झाले २ र आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो । नेपालका विकेटकिपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए ।

त्यस्तै दिपेश कंडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा अविजित रहे । विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान एक रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले दुई विकेट लिए । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले दोस्रो खेल पर्सी आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया