सैन्य सन्धि भएका देश बाहेक अन्यत्र सेनामा भर्ना गर्ने सरकारको नीति छैन : परराष्ट्रमन्त्री साउद

 मंसिर २२, २०८० शुक्रबार २०:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धि भएका देशहरु बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभएको छ । शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रुस–युक्रेन युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन र सुविधा सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताउनु भयो । उहाँले कुनै पनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताउनु भयो ।

उहाँले रुस जाने र सेनामा भर्ती हुने धेरैजसो विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताउनु भयो । उहाँले जुन प्रयोजनले गएको हो त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर ‘एनओसी’ लिनुपर्ने प्रबन्ध मिलाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रुसमा नेपालीहरु भर्ना भएको सन्दर्भमा पनि केही साथीहरुले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरु हताहत भएको बारेमा रुस सरकारले हाम्रो राजदूतावाससँग ‘कन्भर्सेसन’ गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धि भएका देशहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन । युद्धमा मारिएका जो दिवंगत व्यक्तिहरु छन्, उनीहरुलाई नेपाल फिर्ता गर्नको लागि तथा पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ ।’

मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरुलाई फर्काउन रुस सरकारका अधिकारीहरुसँग कुराकानी गरेको पनि बताउनु भयो । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया