जाजरकोटमा भीरबाट लडेर महिलाको ज्यान गयो

 मंसिर २२, २०८० शुक्रबार १९:४९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका– १० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज शुक्रवार दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो ।

उहाँ जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुनुहुन्थ्यो । अस्थायी आवास बनाउनका लागि स्वयंसेवक, स्थानीय लगायतको टोली खटिएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया