ठगी आरोपमा वडा सदस्य सहित ४ जना पक्राउ

 मंसिर २३, २०८० शनिबार ८:१२:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

त्यसैका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो । वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।

उनीहरु विरुद्ध विभिन्न १५ जना व्यक्तिले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चार जनालाई नै कास्की जिल्ला अदालतबाट ठगी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान पक्रिया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता विकले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया