दाङको बंगलाचुलीमा लिफ्ट खानेपानी आयोजनाको काम शुरु

 मंसिर २३, २०८० शनिबार ९:२३:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बंगचालुलीमा लिफ्ट खानेपानी आयोजनाको काम शुरु भएको छ । पिउने पानीको समस्या झेल्दै आइरहेको दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ६ बचनी गाउँका स्थानीयलाई लक्षित गरी खानेपानी आयोजनाको काम शुरु भएको हो ।

खानेपानी आयोजना अन्र्तगत पहिलो चरणमा  वडा नम्बर ३ स्थित गोवन पानी लिफ्ट खानेपानी आयोजनाका लागि ट्याङ्की निर्माणको काम शुरु भएको छ । बंगलाचुली गाउँपालिका र समाजविकास सञ्जाल बंगलाचुलीको १८ लाख संयुक्त लगानीमा यो आयोजना काम शुरु भएको हो ।

अनुगमनका क्रममा स्थानीय अगुवा ऋषी विश्वकर्माले ट्याङ्की निर्माण स्थलको भौगोलिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले खानेपानी आयोजनाको लागि ट्याङ्की निर्माणका लागि बनाउँदै गरेको जग्गाको अनुगमन गरेका गर्नुभएको हो ।

गाउँपालिकाको एक घर एक धारा अभियान अनुसार खानेपानी योजनाका कामहरु अघि बढेको अध्यक्ष पुनमगरले जानकारी दिनुभएको छ । आगामी वैशाख महिनासम्ममा बचनीका स्थानीयलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको समाज विकास सञ्जाल बंगलाचुलीका व्यवस्थापक वासुदेव भण्डारीले जानकारी दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया