२ केजी सुन प्रकरणमा १ चिनियाँ पक्राउ

 मंसिर २४, २०८० आइतबार १८:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपाेस्टबाट बरामद भएकाे २ केजी सुन प्रकरणमा १ चिनियाँलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरेकाे काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । यही प्रकरणमा प्रहरीले गएकाे बिहीवार राति नागढुङ्गा चेकपाेस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेकाे थियाे । प्रहरीले रसुवाबाट काठमाण्डाै आउँदै गरेकाे बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरकाे जीपबाट सुन बरामद गरेकाे थियाे ।

पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया