म्याग्दीको पौलस्त्यमा हेलिप्याड निर्माण

 मंसिर २५, २०८० सोमबार ९:१०:५६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नागरिक–सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित म्याग्दीकाे बेनीमा नवनिर्मित हेलिप्याड स्थानीय पालिकालाई हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेकाे पौलस्त्य पुलहाश्रम क्षेत्रमा नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको हो । 

नेपाली सेनाको दक्ष जनशक्ति तथा प्राविधिककाे सहयोगमा बनाइएको हेलिप्याड म्याग्दीको बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ । नागरिक र सैनिकबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन र विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले हेलिप्याड बनाइएको छ । 

नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको ‘एक आर्थिक वर्ष, एक युनिट, जोडी हेलिप्याड निर्माण’ कार्ययोजना अन्तर्गत नागरिकमैत्री हेलिप्याड बनाइएको नेपाली सेनाले जनाएको छ । हेलिप्याड निर्माणकार्यमा बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरले आर्थिक व्यवस्थापन गरेका थिएभने नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीबाट दक्ष जनशक्तिसहित प्राविधिक सहयोग उपलब्ध भएको थियो । 

नवनिर्मित हेलिप्याडको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपककुमार बानियाँ र म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसीले हिजो आइतवार एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गर्नु भएकाे हाे ।

समुद्री सतहदेखि १७ सय १० मिटरको उचाइमा निर्माण गरिएको हेलिप्याडको डायमिटर (लम्बाइ र चौडाई) ४० फिट रहेको छ । हेलिप्याडमा साना, मझौला र एमआई सेभेन्टिनलगायत हेलिकप्टरहरु सजिलै अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । नवनिर्मित हेलिप्याडबाट पौलस्त्य पुलहाश्रमको भ्रमण तथा दर्शन गर्न आउने पर्यटकहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया