ईपीएस कार्यालयमा पाँच दिनदेखि प्रदर्शन, धर्ना जुलुस नगर्न कार्यालयको आग्रह

 मंसिर २६, २०८० मंगलबार ६:४१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ललितपुरको ग्वार्कोमा रहेको ईपीएस शाखा कार्यालयमा पाँच दिनदेखि प्रदर्शन भएको छ ।

ईपीएस शाखा कार्यालयले मेनुफेक्चर अर्थात् औद्योगिकतर्फ निकालेको आवेदनमा सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

ईपीएस प्रणाली अन्तर्गत एक विद्यार्थीले वर्षमा एक पटकमात्रै परीक्षा दिन पाइन्छ । यसअघि सीप बिल्डिङकाे परीक्षा दिएकामध्ये ४ हजार उत्तीर्ण भएका थिए भने २८ हजार अनुत्तीर्ण भएका थिए । तर ईपीएस शाखाले भाषा परीक्षा डिसेम्बरमै खोलेपछि ती अनुत्तीर्ण भएका २८ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । उनीहरूले सीप बिल्डिङमा फेल भएकाले फर्म भर्न पाउनुपर्ने, सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन थालेका हुन् ।

यसैबीच ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । विद्यार्थीका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको पनि कार्यालयले जनाएको छ ।

नेपालमा रहेको दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न कार्यालयले आग्रह गरेको हो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया