सात महिनाको अवधिमा म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी

 मंसिर २६, २०८० मंगलबार ७:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सात महिनाको अवधिमा म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी दर्ता भएको छ । वैदेशिक रोजगमार विभागका अनुसार यसमध्ये १ सय ६२ उजुरीमा मिलापत्र गराइ २ करोड ९२ हजारभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई उपलब्ध गराइएको छ ।

यस्तै, यस अवधिमा व्यक्तिगततर्फ ५ सय ९२ उजुरी परेकोमा ६८ वटामा मिलापत्र गराइ २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । विभागले वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका श्रमिकलाई सहयोग गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका महानिर्देशक मदन दहालले आफ्नो सात महिने कार्यकालमा भएका मुख्य कामहरुको विवरण सार्वजनिक गर्दै विभागको कामले वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढेको दाबी गर्नुभएको छ । उहाँका अनुसार सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको छ ।

यस अवधिमा विभागले ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया