अध्यागमन अधिकृतसँग 'सेटिङ' मिलाएर भिजिट भिसामा विदेश पठाउने म्यानपावर सञ्चालक र कर्मचारी पक्राउ

 मंसिर २९, २०८० शुक्रबार १८:५७:३७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – भिजिट भिसामा तीन सय जनालाई विदेश पठाउने काममा संलग्न म्यानपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेको पाँचखाल नगरपालिका–३ घर भई अहिले काठमाण्डौको बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ घर भई अहिले काठमाण्डौको गोकर्णेश्वर बस्ने ३३ वर्षीय पदम लामालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार मनोज र पदम नजिकको नातेदार भएको र उनीहरूले नक्कली कागजातका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई 'सेटिङ' मिलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिई युवायुवतीलाई विदेश पठाउने गरेका थिए । 

यही मङ्सिर २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई यसबारेमा अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो । अधिकृत खड्कामार्फत पक्राउ परेका मनोज र पदमले तीन सय जनालाई 'सेटिङ' मिलाएर पठाएको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताउनुभयो । 

पक्राउ परेका दुई जनालाई लिखितसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया