प्राकृतिक सम्पदामाथिकाे दाेहनले वातावरणीय स्वरुप बिग्रँदै (फाेटाेफिचर)

 मंसिर ३०, २०८० शनिबार १३:३१:३७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - अत्यधिक जनसङ्ख्या, सहरीकरण, बढ्दाे घर तथा भवन निर्माण, जथाभाबी प्लटिङलगायत कारणले प्राकृतिक संरचनामाथि दाेहन बढिरहेकाे छ ।

मानव जीवनका लागि उपहारस्वरुप मानिने प्राकृतिक सम्पदामाथि भइरहेका यस्ता गतिविधिले थुप्रै समस्या निम्तिरहेका छन् । बाढी पहिराे, प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्या यस्तै कारण निम्तिएका हुन् । अझै, विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन झनै बिग्रन थालेको हो ।

विश्वभर नै प्रकृतिमाथि दाेहन भइरहेकाे छ । नेपाललगायत देश भने प्राकृतिक सम्पदामाथिकाे दाेहन कारण उत्पन्न जलवायु परिवर्तन, प्रदूषण लगायतका विपत्तिकाे मारमा परिरहेका छन् । पछिल्लाे समय नेपालमा पनि प्रकृतिमाथिकाे दाेहन बढ्दाे छ ।

आश्रित जनसङ्ख्या बढेसँगै नेपालमा पनि प्राकृतिक सम्पदाकाे क्षयीकरण बढेकाे हाे । अझै बाक्लाे जनसङ्ख्या रहेकाे काठमाण्डाै उपत्यका वरपरकाे देखिने दृश्य झनै डरलाग्दाे छ । आजकाे फाेटाे फिचरमा काठमाण्डाै उपत्यकाभित्र भइरहेका प्राकृतिक सम्पदामाथिकाे दाेहनकाे दृश्यहरु ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया