आप्रवासीहरूको योगदानको कदर र अधिकारको रक्षा गर्न आप्रवासी दिवस मनाइने

 पुस १, २०८० आइतबार १८:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले भोलिदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलि पुस २ गते अर्थात डिसेम्बर १८ देखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने जनाएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव केवलप्रसाद भण्डारीले आप्रवासीहरूको योगदानको कदर गर्ने र उनीहरूको अधिकारको रक्षा गर्न विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो दिन भोलि विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधिसहितको प्रभातफेरी हुनेछ । बाँकी दिन सचेतना कार्यक्रम, सुरक्षित रोजगारी अभ्यास प्रवर्द्धन, काम गर्ने घण्टाको वकालत र आप्रवासी कामदारहरूको लागि सीप विकासलाई प्रोत्साहित गर्न केन्द्रित भएर कार्यक्रम हुनेछन् ।

सचिव भण्डारीले वैदेशिक रोजगारीका लागि स्व–चेतना र कानुनी पक्षहरुलाई जोड दिएर व्यक्तिहरूलाई सशक्त बनाउने र वैदेशिक रोजगारीमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राखेको बताउनुभयो ।

गरिबी, द्वन्द्व र जलवायु परिवर्तन लगायतका कारण आप्रवासनको समस्या बढेको भन्दै आप्रवासी कामदारहरूलाई उनीहरूको सीप अभिवृद्धि गरी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको समेत सचिव भण्डारीले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया