एउटै पार्टीले बहुमत ल्याउन गाह्राे छ, अरू पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ : देउवा

 पुस ३, २०८० मंगलबार १९:५७:१९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले सबैलाई समेटेका कारण सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

आज मङ्गलवारदेखि पाेखरामा शुरु भएकाे नेपाली कांग्रेस गण्डकी प्रथम सम्मेलनमा सभापति देउवाले एउटै पार्टीले बहुमत ल्याउन गाह्राे भएकाेले अरू पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता भएको बताउनुभयाे । अरू पार्टीले कांग्रेसको आदर्श, सिद्धान्त मानेर आएकाले पार्टीको जित भएको उहाँकाे भनाइ थियाे ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता उन्नत व्यवस्था भएकोले जोगाएर लैजानुपर्ने बताउनुभयाे । उहाँले कामको गति बढाएर व्यवस्थामाथि प्रश्न गर्नेहरूलाई जवाफ दिनुपर्ने बताउनुभयाे । देशमा केही नभएको भनेर कोलाहल गर्नेहरूलाई कांग्रेसले सम्हालेर सही दिशा दिनुपर्ने उहाँकाे भनाइ छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले चुनाव नसकिँदै सबै राजनीतिक दलले चुनावको चिन्ता लिँदा देश पछाडि परेको टिप्पणी गर्नुभयाे । सबैले चुनावको चिन्ता लिए पनि कांग्रेसले भने चुनावको भन्दा पनि देशको चिन्ता लिनुपर्ने बताउनुभयाे ।

सम्मेलनमा झन्डै पाँच सय जना प्रतिनिधि सहभागी छन् । सम्मेलन भाेलि बुधवारसम्म चल्नेछ । कांग्रेसले सम्मेलनको ब्यानरमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ लेखेको वाक्य कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि छोपिएपछि चर्चा भएको थियो । कार्यक्रम हुने मञ्चमा ‘विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऔँ, इमान भएकाहरूलाई जिम्मेवारीमा राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनः स्थापित गरौँ’ लेखिएको थियो । त्यसबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाएको हो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया