युक्रेनी सेनाको कब्जामा रहेका नेपालीको रिहाइका लागि कुटनीतिक पहल शुरु

 पुस ५, २०८० बिहिबार ७:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले युक्रेनी सेनाको कब्जामा रहेका चार जना नेपालीको रिहाइका लागि कुटनीतिक पहल थालेको छ । अस्ति मङ्गलवार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी पक्षसँग यस विषयमा कुरा गरेको हो ।

भेटमा युक्रेनी पक्षले नेपालीहरु कब्जामा रहेकोबारे औपचारिक जानकारी प्राप्त नभएको र नेपाली युद्धबन्दी भएमा रिहाइको पहल हुने आश्वासन दिएको छ । परराष्ट्र मन्त्रालयले उनीहरुको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अरु कुटनीतिक माध्यमहरुबाट पनि पहल भइरहेको जनाएको छ ।

बर्दियाका विवेक खत्री, काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा रहेका मन्त्रालयले पुष्टि गरेको छ ।

यसैबीच रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको छ ।

रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको हो । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले नेपाली राहदानी भएका कुन्दन सिंह नागलको ज्यान गएको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरिएको छ ।

यस्तै, मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया