नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल्स सञ्चालक पक्राउ

 पुस ७, २०८० शनिबार १३:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने 'सिटी टुर्स एन्ड ट्राभल्स' का सञ्चालक विनोद कार्की रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजातसहित एक हजार पाँच सय १३ थान राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा तीमध्ये दुई सय ४६ वटाका कागजात नक्कली पाइएकोले कार्कीलाई पक्राउ गरेको उहाँले बताउनुभयो । ती व्यक्तिहरूको कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएको छ ।

नक्कली कागजातमा मानिस विदेश पठाउनका लागि एजेन्ट, कन्सल्टेन्सी तथा ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाई विदेश पठाउने गरेकाे खुल्न आएको एसपी रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया