छठका अवसरमा एक नम्बर प्रदेशले समावेशी सांस्कृतिक महोत्सव आयोजना गर्दै

 कात्तिक २४, २०७५ शनिबार १९:९:२० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते सा‌ंस्कृतिक महोत्सव गर्ने भएको छ ।  

प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार कात्तिक २८ गते छठ पर्वको अवसर पारेर जलपान तथा सांस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम गर्न लागिएको हो । शनिबार विराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै सांस्कृतिक महोत्सवलाई एउटा नयाँ उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए ।

एक नम्बर प्रदेश सबै जातजातिको साझा थलो भएकोले पहिलो पटक विराटनगरमा नेपालीहरुको विभिन्न चाडपर्वको सन्दर्भमा छठ पर्वको अवसरमा २८ गते कार्यक्रम गर्न लागिएको एक नम्बर प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । छठ पर्वलाई केन्द्रमा राखेर गर्न लागिएको सांस्कृतिक उत्सव तथा जलपान कार्यक्रममा  ९ वटा स्थानीय तहले आफ्नो स्थानीय संस्कृति झल्कने झाँकीसहितको नृत्य  तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

प्रदेश सरकारले गर्न लागेको सांस्कृतिक महोत्सवमा सुनसरीको गढी गाउँपालिकाले झाँगड, हरिनगरा गाउँपालिकाले मुस्लिम संस्कृति झल्कने पहिचान प्रस्तुत गर्ने छ ।  

त्यस्तै सुनसरीकै दुहबी नगरपालिकाले थारु सांस्कृतिक नृत्य, मोरङको जहदा गाउँपालिकाले सन्थाल नृत्य, कटहरी गाउँपालिकाले बाँतर नृत्य, विराटनगर महानगरपालिकाले माडवारी समुदायको पहिचान झल्कने नृत्य तथा झाँकी, धनपालथान गाउँपालिकाले राजवंशी समुदायको नृत्य प्रस्तुत गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । त्यस्तै ग्रामथान गाउँपालिका र रंगेली नगरपालिकालेसमेत आफ्नो स्थानीय पहिचान झल्कने सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गर्ने उहाँको भनाई छ ।

हाँस्यकलाकारको प्रस्तुति

प्रदेश सरकारले गर्ने सांस्कृतिक महोत्सव कार्यक्रममा राष्ट्रिय कलाकार दीपाश्री निरौला, विल्सनविक्रम राई (तक्मे बुढा) गायक सुमित खड्का, मैथिल भाषी कलाकार ललितकुमार र संगितालगायतका कालाकारले समेत आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको महोत्सव कार्य सञ्चालन उप–समितिका संयोजक तथा सामाजिक विकास मन्त्रालयका उपसचिव उपेन्द्र दाहालले जानकारी दिनुभयो । 

आजको मितिसम्म नागरिकको महत्वपूर्ण सहभागिता गराउनको लागि ४ हजारलाई निम्ता कार्ड बाँडिसकिएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया