झापाको बेलडाँगी शरणार्थी शिविरमा आगलागी : तीन वटा छाप्रा जले

 पुस ८, २०८० आइतबार १०:२७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - झापा दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन्।

शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया