मृतक आरती साहका श्रीमान् मोतीबाबु जनकपुरबाट पक्राउ

 पुस ९, २०८० सोमबार १५:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका मृतक आरती साहका श्रीमान् मोतीबाबु साह जनकपुरबाट पक्राउ परेका छन् । साहलाई जनकपुरको सीता चोकमा रहेको होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

नेपाल र भारतमा लुकेर प्रहरीलाई झुक्याउँदै आएका मोतीबाबुलाई आज साेमवार विशेष सूचनाका आधारमा पक्राउ गरिएको एसपी शर्माले बताउनुभयो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालतको आदेश आएपछि तोकिएकै कारागार पठाइने प्रहरीले जनाएको छ ।

गएको जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहको शङ्कास्पद मृत्यु भएको थियो । आरतीका श्रीमान् र आफन्तले आत्महत्या भएको दाबी गरेका थिए । प्रहरीले आरतीका माइती पक्षले दिएको जाहेरीसमेत लिन मानेको थिएन । तर उनीहरू न्याय माग्दै काठमाण्डौ आएपछि जिल्ला अदालतमा आरतीका श्रीमान् र घरका सदस्यविरुद्ध मुद्दा दर्ता भयो । धनुषा जिल्ला अदालतले उनका पति मोतीबाबु र ससुरा मदनमोहन साहलाई पुर्पक्षका लागि कारागार पठाइदिए पनि उच्च अदालतले उनीहरूलाई कारागारमुक्त गरिदिएको थियो । त्यसपछि आरतीका माइती पक्षले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएपछि सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै कारागार चलान गर्न आदेश दिएको  थियो ।

मृतक आरतीका माइती पक्षले अहिले पनि काठमाण्डौमै बसेर न्यायको माग गरिरहेका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया