पोखरा सडक महोत्सवमा खाना, संस्कृति र स्थानीय उत्पादनलाई प्राथमिकता

 पुस १०, २०८० मंगलबार १९:५९:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा खाना, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

आज मङ्गलवार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा २५ औँ सडक महोत्सवमा स्वदेशी र विदेशी गरी २५ थरीका खानाका परिकार उपलब्ध गराइने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयाे ।त्यसैगरी सडक महोत्सवमा स्थानीय उत्पादन कृषिजन्यदेखि हस्तकलाका सामग्रीको निःशुल्क स्टल उपलब्ध गराएर प्राथमिकताका साथ राखिने उहाँले बताउनुभयाे ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित २५ वर्षदेखि लेकसाइडको झन्डै तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु नाच, मयुर नाच लगायत विभिन्न प्रदेशका सांस्कृतिक कार्यक्रम रहेको महोत्सवका संयोजक विश्वराज पौडेले जानकारी दिनुभयाे ।

महोत्सवमा मौलिक भेषभुषाकाे प्रदर्शनसँगै दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वाटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रदर्शन गरिने रेवान पाेखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङले बताउनुभयाे ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १२ देखि १६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवमा आन्तरिक र बाह्य गरी झन्डै पाँच लाख पर्यटक आउने रेवान पोखराको दाबी छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा २५ वर्ष पहिले सडक महाेत्सवका शुरुवात भएकाे हाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया