कास्कीकाे मर्दी ट्रेकिङ गएका स्वीडेनका नागरिक सम्पर्कविहीन

 पुस १५, २०८० आइतबार ११:७:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी ट्रेकमा गएका स्वीडेनका नागरिक सम्पर्कविहीन भएका छन् । 

मर्दी हाइ क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयाे । 

शनिवार हिजाे बिहान झोला होटलमा नै छाडेर पानीको बोतल र टर्चलाइट लिएर होटलबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन् । दिउँसोसम्म नफर्किएपछि उनको खोजी शुरु गरिएकाे अधिकारीले बताउनु भयाे। 

उनकाे खोजीका लागि गाउँपालिकाबाट मान्छे खटाइएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ गएकाे उहाँले बताउनु भयाे । 

स्वीडेनी नागरिक सम्पर्कविहीन भएकाे खबर सम्बन्धित दूतावासलाई जानकारी गराइएकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया