साम्प्रदायिक हिंसा फैलाउन ‘षड्यन्त्र’ गरेको आरोपमा खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

 पुस १५, २०८० आइतबार १३:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ ।

सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् । आउँदो वर्ष अर्थात् सन् २०२४ को विधानसभा चुनावलाई प्रभाव पार्ने उद्देश्यले उनले सिक्किमका बासिन्दाबीच साम्प्रदायिक हिंसा र आतङ्क फैलाउने षड्यन्त्र गरेको एफआईआरमा उल्लेख छ ।

पक्राउ परेकी उमाले सिक्किमका विभिन्न जातजाति र सम्प्रदायबीच हिंसा भड्काउने खालका सामग्री युट्युबमा राख्दै आएको आरोप लगाइएको छ । राईलाई अदालतमा हाजिर गराएपछि प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति पाएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेको समाचारमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया