सुत्केरी व्यथा लागेपछि समयमै अस्पताल नजाँदा बझाङमा गर्भवतीकाे ज्यान गयाे

 पुस १५, २०८० आइतबार १८:१०:५५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा सुत्केरी व्यथा लागेपछि समयमै अस्पताल नजाँदा एक जना गर्भवतीको ज्यान गएको छ । केदारस्युँ गाउँपालिका–६ की ४९ वर्षकी गोबडी धामीको सुत्केरी हुने क्रममा आएकाेमा ज्यान गएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर इन्द्र शाहले जानकारी दिनुभयो ।

बेहोस अवस्थामा अस्पताल ल्याउँदा धामीको अवस्था निकै जटिल भइसकेकोले बचाउन नसकिएको उहाँले बताउनुभयो । अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको पनि मृत्य भइसकेको थियो । सुत्केरी व्यथा लागेपछि तीन दिनसम्म घरमा बसेकोले अवस्था जटिल भएको पाइएको केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिसा धामीले बताउनुभयो । आफूहरूलाई कतैबाट जानकारी नआएको र अन्तिम अवस्थामा जानकारी आएपछि बचाउने प्रयास सफल नभएको उहाँले बताउनुभयो ।

मृतक धामीले गर्भावस्थामा स्वास्थ्य जाँच पनि नगरेको पाइएको छ । बुढेसकालमा गर्भ रह्यो भनेर अरूलाई भन्न लाज हुन्छ भन्दै धामीले गर्भ जाँच गराउन जान नमान्नुभएको उहाँका छिमेकीले बताएका छन् । सुत्केरी व्यथा लागेको समेत जानकारी नदिएको र निकै गाह्रो भएपछि मात्रै जानकारी पाएकोले हतारहतार स्वास्थ्य चौकी पुर्‍याउँदा अवस्था जटिल भइसकेको छिमेकीले बताएका छन् । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल लगिएकोमा त्यहाँ पनि उपचार सम्भव नभएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया