सरकारले हामीहरूलाई विभेद गर्‍याे : सीके राउत

 पुस १६, २०८० सोमबार १६:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाउनुभएको छ ।

आज सोमवार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको तर कला परिषदबाटै प्रहरीले धरपकड गरेको बताउनुभयो । उहाँले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले नागरिकलाई कस्तो स्वतन्त्रता दिएको होला भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छाैँ र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ । हामी निषेधित क्षेत्रभन्दा टाढा कला परिषद् छेउमा जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आमनागरिकलाई कस्तो स्वतन्त्रता होला ? मन्त्री र सांसदहरूलाई जति बेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ भन्ने प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रस्ताव लग्छौँ । समितिमा पनि प्रश्न उठ्छ ।’

अध्यक्ष राउतले सरकारले रङ्गभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताउनुभयो । उहाँले मधेसी मूलकी मन्त्री भएकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको जिकिर गर्नुभयाे । उहाँले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई सरकारले यसरी समात्न सक्छ भन्दै प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया