बेरोजगार युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ

 पुस १७, २०८० मंगलबार १६:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै रकम ठग्ने ललितपुरका लालबहादुर लामा पक्राउ परेका छन् ।

उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा लगायत युवाहरूलाई लिथुवानिया, क्यानडा, सिङ्गापुरलगायतका देशहरूमा आकर्षक तलबसहित रोजगारीमा लगाइदिने प्रलोभनमा पारि १० करोड रुपैयाँभन्दा धेरै रकम लिएर फरार भएको भन्दै उजुरी परेको थियो । पीडित युवाहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी ललितपुरको कोन्जोसोम गाउँपालिका– १ का लालबहादुर लामालाई पक्राउ गरेको हो ।

उनले महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख  रुपैयाँसम्म लिएका थिए । कतिपय युवाहरूलाई वैदेशिक रोजगारमा पठाउनै नसकेको र कतिपयलाई सिङ्गापुर पठाएकोमा त्यहाँको विमानस्थलबाटै फर्काएपछि युवाहरूले आफूहरू ठगिएको थाहा पाएका थिए ।

पक्राउ परेका लामाले प्रहरीसँगको बयानमा १० करोड रुपैयाँभन्दा धेरै लिएको स्वीकार गरेकाे र उनको ट्रेनिङ सेन्टरबाट नाै सय ९७ थान राहदानी बरामद भएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया