ज्याेति पाण्डेले क्रिकेटबाट सन्न्यास लिइन्

 पुस १८, २०८० बुधबार १५:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएकी छिन् ।

काेशी प्रदेशलाई हराउँदै आफू आबद्ध सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताकाे उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् ।

ज्याेति पाण्डेले १७ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ सय १० रन बनाएकी छिन् । उनले सन् २०१६ मा कतारसँगकाे खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । उनले अन्तिम पटक सन् २०२१ मा कतारसँगकाे खेलमा खेलेकी थिइन् । ज्योतिले सन् २०११ देखि लगातार एपीएफबाट खेल्दै आएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया