राेमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने एक जना पक्राउ

 पुस १८, २०८० बुधबार १६:३६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दोलखाका ढालबहादुर नेपाली पक्राउ परेका छन् ।

मिलन नेपालीसहित १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै त्यसका लागि प्रतिव्यक्ति छ लाख लाग्छ भनेर २१ लाख ३६ हजार रुपैयाँ उठाएपछि फरार भएका नेपालीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । उनले रोमानिया पुगेपछि खाना प्याकिङ कम्पनीमा जागिर लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब आउने भनेर पैसा उठाएका थिए ।

पक्राउ परेका नेपालीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया