बङ्गलादेश : रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी, झन्डै ८ सय वटा घर जले

 पुस २२, २०८० आइतबार १८:४१:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झन्डै आठ सय वटा घर जलेर नष्ट भएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आज आइतवार बिहान भएको आगलागीमा झन्डै आठ सय वटा घर जलेका शरणार्थी आयुक्त मिजानुर रहमानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका झन्डै चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् । बङ्गलादेशमा झन्डै १० लाख रोहिङ्ग्या बसोबास गर्छन् । ती धेरै सन् २०१७ मा म्यानमारमा मुस्लिम बहुल अल्पसङ्ख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

यसअघि सन् २०२३ को मार्चमा बङ्गलादेशको कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार वटाभन्दा बढी टहरा जलेर नष्ट भएका थिए । दुई वर्षअघि त्यही शिविरमा भएको आगलागीमा परि १५ जना रोहिङ्ग्याको ज्यान गएको थियो भने ५० हजार शरणार्थी घरबारविहीन भएका थिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया