४७ किलो चाँदीसहित काठमाण्डौका विभिन्न ठाउँबाट ३ जना पक्राउ

 पुस २३, २०८० सोमबार १७:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कर छलीको ४७ किलो चाँदीसहित काठमाण्डौका विभिन्न ठाउँबाट तीन जना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहनासहित बाराको कलैयाका कामेश्वर साह, पर्साको वीरगञ्जका सुमनकुमार सर्राफ र बाराको विश्रामपुरका मनिस सर्राफलाई पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा राजस्व छलेर बिल–बिजक विना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका तीन जनालाई राजस्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया