पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरकी शिवा न्यौपाने पक्राउ

 पुस २३, २०८० सोमबार २०:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छिन् ।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन् । उनलाई आज साेमवार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ ।

यस्तै माल्टा पठाइदिन्छु भन्दै आठ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन् । उनले माल्टामा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि नौ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेकाे प्रहरीले जनाएको छ ।

यसैगरी माल्टा नै पठाइदिन्छु भनेर तीन लाख रुपैयाँ ठग्ने मोरङको सुन्दरहरैँचाका टंकप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । उनी क्यापिटल म्यानपावरका सञ्चालक पनि हुन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया