विवादित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

 पुस २४, २०८० मंगलबार १९:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई आज काठमाण्डौबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबरजस्ती करणी मुद्दामा प्रहरीको खोजीमा रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि सफल भएको थिएन ।

जिल्ला अदालत सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सम्पर्कविहीन भएपछि खोजीमा सीआईबीको टोली २०७७ सालको असारमा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको भए पनि पक्राउ गर्न असफल भएको थियो । लामो समय बाराको हलखोरिया जङ्गलमा बसेका बम्जन पछिल्लो समये सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया