अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुपैयाँ लिएर फरार भएकी बेञ्जु महत पक्राउ

 पुस २५, २०८० बुधबार १७:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुपैयाँ लिएर फरार भएकी काठमाण्डौको बूढानीलकण्ठकी बेञ्जु महत पक्राउ परेकी छिन् ।

अमर बहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्छ भनेर उनले पटक पटक गरी २३ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । पैसा लिएर फरार भएपछि परेको उजुरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले महतलाई हिजो चपलीबाट पक्राउ गरेको हो ।

महतले अमेरिका पुगेपछि मासिक चार लाख रुपैयाँ कमाइ हुन्छ भनेर प्रलोभन देखाउँदै पैसा लिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया