नक्कली जाँड–रक्सी बनाएर बेच्ने ९ जना काठमाण्डाैबाट पक्राउ

 माघ ३, २०८० बुधबार १५:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली जाँड–रक्सी बनाएर बेच्ने ९ जना काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट पक्राउ परेका छन् ।

मनोहराका भरत थापाको २ तले घर भाडामा लिएर नक्कली जाँड–रक्सी बनाउने गरेको फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । नक्कली जाँड–रक्सी बनाएर बेच्ने गरेकाे आराेपमा रामेछापका २८ वर्षीय मनाेज खत्री, ३६ वर्षीय विनाेदकुमार कार्की, २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री. सिन्धुपाल्चाेकका २७ वर्षीय माेहन खड्का, र १८ वर्षका युवक, सिन्धुलीका २८ वर्षीय गाैरव तामाङ, ४० वर्षीय लेकविक्रम थापा वर्ष २८ का मनोज खत्री र काठमाण्डाैका ३६ वर्षीय सुमन नगरकाेटी पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता मिलन केसीले जानकारी दिनुभयाे ।

स्वदेशी तथा विदेशी 'ब्रान्ड' का गुणस्तरहीन नक्कली जाँड–रक्सी उत्पादन गरी कालोबजारी भइरहेको सूचनाका आधारमा खाेजी गरिएको र विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरसहित अरू सामग्री बरामद भएको कार्यालयका प्रवक्ता केसीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया