स्राेत नखुलेकाे २ कराेड ३० लाख रुपैयाँसहित ४ जना पक्राउ

 माघ ५, २०८० शुक्रबार १५:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डाैकाे क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि रकम फेला परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागले जनाएको छ ।

बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया