बोक्सोको आरोपमा १ जनाको हत्या गरी फरार भएका काभ्रेका २ जना १५ वर्षपछि पक्राउ

 माघ ५, २०८० शुक्रबार १५:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – बोक्सोको आरोपमा १ जनाको हत्या गरी फरार भएका काभ्रेका २ जनालाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।

२०६५ असोज २९ गते काभ्रेको साविक शिखर आम्बोटे गाउँ विकास समितिका चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई कुटपिट गरी हत्या गरेपछि फरार रहेका स्थानीय टङ्कबहादुर मगर र सन्तबहादुर मगरलाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

अदालतबाट दोषी ठहर भइसकेका उनीहरू फरार रहेका थिए । उनीहरूलाई गएको पुस २४ गते पक्राउ गरेकोमा सन्तलाई कारबाहीका लागि जिल्ला अदालत काठमाण्डौमा बुझाइसकेको र टङ्कको स्वास्थ्यमा समस्या आएका कारण उपचारपछि आज अदालतमा बुझाएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया