मलेसियाको निजी कम्पनीसँग भएको सम्झौता कार्यान्वयन नहुने

 माघ ८, २०८० सोमबार ९:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ ।

बोर्डले विज्ञप्ति निकालेर सम्झौता तत्कालका लागि कार्यान्वयन नहुने जनाएको हो । यसअघि बोर्डले नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै रोजगारदातासँग प्रतिकामदार ४५ डलर थप उठाउने गरी मलेसियाको निजी कम्पनीसँग सम्झौता गरेको थियो ।

मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्धारलगायतका कल्याणकारी काम गर्ने भन्दै सम्झौता भएपछि अन्ततः यसले श्रमिकमाथि नै आर्थिक भार थोपर्ने भन्दै आलोचना भइरहेको थियो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया