काठमाण्डाैबाट नक्कली डाक्टर पक्राउ, 'क्लिनिक' पनि चलाउँदै आएका थिए

 माघ ८, २०८० सोमबार १६:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रहरीले काठमाण्डौबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् ।

भट्टाचार्यले चीनबाट एमबीबीएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । उनले नक्सालमा रहेको ’वी केयर’ मा पनि काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका सम्बुद्ध भट्टाचार्यले यस्तो काम गरेको ३ वर्ष भएको पनि बयान दिएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया