भ्रमण र पर्यटक भिसासम्बन्धी नयाँ कार्यविधि : के–के कागजात चाहिन्छ ? (पूर्णपाठ)

 माघ ९, २०८० मंगलबार १८:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले भ्रमण र पर्यटकीय भिसामा विदेश जानेहरूलाई प्रस्थान अनुमति दिने प्रक्रियालाई सरल बनाएको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले बनाएको यो कार्यविधि भोलिदेखि लागू हुनेछ । यसअघि २०७८ फागुन २५ गते जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय खारेज गर्दै गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो ।

नयाँ कार्यविधिअनुसार भ्रमण र पर्यटकीय भिसामा विदेश जानेहरूका लागि राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले व्यवस्था गरेको कागजात, भ्रमणको खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाणपत्र र फर्किने स्वघोषणको कागजात चाहिनेछ ।

अध्यागमन विभागले घुम्न र परिवार भेट्न विदेश जानेहरूले सेटिङको नाममा बिचौलियालाई पैसा नबुझाउन, भ्रमण र पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित काम नगर्न आग्रह गरेको छ । भिजिट र पर्यटक भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने कार्यविधिमा उल्लेख छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राख्न विभागको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया