टेलिकमका पूर्वनिर्देशक पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ

 माघ १०, २०८० बुधबार १८:३९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि बयान दिन बोलाउँदा उपस्थित नभएपछि उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । दुवै जनामाथि सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । पक्राउ परेका दुवै व्यक्तिका निवासमा अख्तियार टोलीले छापा मारेर कागजातसमेत नियन्त्रणमा लिएको छ ।

अख्तियारले गएको असोजमा सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस्तै अख्तियारले गएको वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध झन्डै ७० करोड रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिविना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको तथा विकल पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले उनीहरू भाग्ने सम्भावनालाई ध्यानमा राखेर पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया